१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मुख्यमन्त्री कार्यलय हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिए । अख्तियारले झुट्टा निवेदनको पहिचान गरी अनुसन्धानमा निष्पक्षता देखाउनुपर्ने समय भएको…