काठमाडौ । बागमती प्रदेशभित्रका सबै जिल्लाका व्यावसायिक फर्म अबदेखि प्रदेश सरकारमार्फत दर्ता हुने भएको छ । एक कार्यक्रमबीच आज प्रदेश मातहत आउन बाँकी रहेका उपत्यकाका तीनवटा जिल्लाका वाणिज्य प्रशासनसम्बन्धी कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेल तथा वाणिज्य विभागका महानिर्देशकले भिडियो कन्फरेन्समार्फत सेवाको शुभारम्भ गरे…