चितवन । भरतपुर महानगरपालिकाले आगामी पुस ७ गतेदेखि साना तथा ठूला सवारीसाधनलाई व्यवस्थापन गर्ने काम सुरु गरेको छ । बुधबार भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारीसाधन व्यवस्थापन गर्न पाँच वटा महत्त्वपूर्ण निर्णय गरी कार्यान्वनमा ल्याउन लागेको हो । पछिल्लो समय बढ्दै गएको सहरीकरणसँगै सवारीसाधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले तत्काल केन्द्रीय बस टर्मिनल र नारायणगढ बस…