विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक ८ दिन स्थगित भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न अलगअलग निवेदन दिएपछि प्रदेशसभा बैठक ८ दिन स्थगित भएको हो । प्रदेशसभा बैठक थप ८ दिन स्थगित भएपछि आजै पदच्युतको अवस्थामा पुगेका मुख्यमन्त्री भीम आचार्यको पद केही दिन थप जोगिएको छ…