लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकासलगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञापन, सीप र अनुभवको उपयोग गर्नेसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरेसँगै सो बाटो खुलेको हो । सरकारले सार्वजनिक प्रशासन तथा व्यवस्थापन, कुटनैतिक, सुरक्षा व्यवस्थापन, न्याय तथा…