काठमाडौं । सरकारले नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न संंसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो । कानून मन्त्री डा. शिवमाया तुम्बाहाङफेले हस्ताक्षर गर्नुभएको पत्र र परिवर्तित निशान छाप सहितको विधेयक सचिवालयमा दर्ता भएको छ । शुक्रबार…