काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारले आजै अपरान्ह संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल भैरहेको बताइएको छ । यस्तै, बारम्बार स्थगित हुँदै आएको स्थायी कमिटी बैठकबारे पनि छलफल हुने बताइएको छ ।