बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि प्रदेश ५ सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । प्रदेश ५ सरकारले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि स्थापना गरेको कोषमा क्लबले ६० हजार रुपैया सहयोग गरेको हो । क्लबका सदस्यहरुबाट संकलन गरिएको उक्त रकम क्लबका अध्यक्ष भगवती पाण्डे र सचिव अमृता…