काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रियताको सवालमा वर्तमान सरकारले ऐतिहासिक काम गरेको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै नेता शर्माले सरकारले नेपालको पूर्ण नक्शालाई पारित गरेर ऐतिहासिक काम गरेको बताउनुभयो । शर्माले भारतले अतिक्रमण गरेको नेपालको भूभाग फिर्ता…