२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

रोहिणी गाउँपालिकाभित्र लकडाउन प्रभावकारी रुपमा कार्यान्यवन

भैरहवा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई रुपन्देहीको रोहिणी गाउँपालिकाभित्र प्रभावकारी रुपमा कार्यान्यवन गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको संयोजकत्वमा आइतबार सम्पन्न रोहिणी गाउँपालिकाको गाउँ विपद् व्यवस्थापन समितिको बैठकले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्यवन गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने निर्णय गरेको छ ।…