तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ । ‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो । शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यन्न वितरण सबै…