बुटवल । बुटवल उपमहानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै योगा अभ्यास सिकाउन थालेको छ । बुटवल-१२, तामनगरमा रहेको बुटवल कोरोना बिशेष क्वारेन्टाइनमा योगा सिकाउन थालिएको हो । क्वारेन्टाइनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको यथोचित प्रयोगका साथै योगा सिकाउन थालिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी…