२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

झापामा थपिए १७ जना

विराटनगर । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा कचनाकवल गाउँपालिकाका १५ जना र गौराहद नगरपालिकाका २ जनामा कोरोना संक्रमण देएिको अस्पतालले जनाएको छ । यससँगै झापामा संक्रमितको संख्यामा ५४ पुगेको छ भने प्रदेश १ मा मात्रै १०४ पुगेको छ ।