२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आइतबार पेश हुने

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आइतबार पेश हुने भएको छ । भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि त्यसअनुसार संविधान संशोधन गर्न विधेयक गत जेठ ९ गते दर्ता गराएको थियो । आगामी आइतबार विधेयक प्रतिनिधिसभामा पेश हुने नेकपा संसदीय दल स्रोतले बताएको छ…