जनकपुर । विहीबार प्रदेश २ मा कोरोना सङ्क्रमणबाट आठजनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो । प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।…