३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

दाङमा प्रसूति सेवा लिने बढ्दै

दाङ । कोरोना सङ्क्रमणको जोखिममा पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रसूति सेवा लिने बढेका छन् । बन्दाबन्दीले अन्य बर्थिङ सेन्टर बन्द भएको छ । जिल्ला बाहिर जान कोरोनाको जोखिम भएकाले अस्पतालमा सेवा लिनेको सङ्ख्या बढेको अस्पतालका प्रसूति शाखा प्रमुख डा. किरण पोखरेलले जानकारी दिए । “बन्दाबन्दीमा सेवा लिन प्रादेशिक अस्पतालमै जानुपर्ने बाध्यता भएकोले सङ्ख्या बढेको…