६ आश्विन २०८१, आइतबार | September 22, 2024

अविरल वर्षाका कारण पाल्पाको जनजीवन प्रभावित, सिद्धार्थ राजमार्ग आज पनि नखुल्ने

बुटवल । रातभरको अविरल वर्षाका कारण पाल्पाका बिभिन्न स्थानमा पहिरो खस्दा सिङ्गो जिल्लाको जनजीवन प्रभावित बनेको छ । पाल्पा जिल्ला अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुल लगायत दर्जन बढी स्थानमा पहिरो खसेको छ भने तानसेनदेखि गुल्मीका साथै पाल्पाबाट स्याङजा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ ।…