२ मंसिर २०८१, आइतबार | November 17, 2024

नागरिकलाई धोका दिएको भन्दै रुपन्देहीका २ हजार बढी नेकपाका पार्टी सदस्यहरुबाट पार्टी परित्याग

बुटवल । प्रदेश सरकारले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङको भालुबाङ सार्नका लागि संसदमा पेश गरेको प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरुले जनभावना अनुरुप पार्टी नचलेको, औचित्य विना प्रदेशको राजधानी सार्न…