बुटवल । दाङको घोराहीबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएका १५ वर्षिय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत किशोरको उपचारका क्रममा शुक्रबार राती ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले पुष्टि गरेका छन्…