काठमाडौं । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक सम्पदा मध्येको एक रानीपोखरीको सुन्दरताबारे चर्चा बढ्न थालेको छ । केही महिना अघिसम्म एउटा भग्नावशेष जस्तो देखिने रानीपोखरीको स्वरूप यतिबेला कायापलट भएको छ । कञ्चन रानीपोखरीमा दरबार हाइस्कुल, जमल क्षेत्रका उच्च भवनसँगै उत्तरपूर्वमा रहेको घण्टाघरको छवि निकै रमणीय देखिन्छ । यसवर्षको तिहारमा रानीपोखरी र बालगोपालेश्वरको मन्दिर नागरिकका लागि खुला गरिने…