के हामी कल्पना गर्न सक्छौं, राष्ट्रपति कार्यालय शितल निवासलाई हालको प्रहरी प्रक्षिक्षण प्रतिष्ठानमा सारेको ? के कल्पना गर्न सक्छौं सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय गृहमन्त्रालय नजिकैको खाली जमिनमा सारेको ? सक्दैनौं । किनकी त्यो हाम्रो कल्पनाभन्दा पनि बाहिरको विषय हो । हामी त हाम्रा पुरातात्विक हैसियतका भवनलाई रेट्रोफिट गर्ने कि नयाँ बनाउने भनेर गलफत्ति गर्दै वर्षौ बिताउँछौं…