धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो १ बजेर १४ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो । उच्च रक्तचाप तथा मधुमेहको समस्याबाट पीडित पुरुषमा कार्तिक २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले…