३ आश्विन २०८१, बिहिबार | September 20, 2024

कोरोनाभाइसले खुम्च्यायो जापानको अर्थतन्त्र, झण्डै २८ प्रतिशतको संकुचन

टोकियो । जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७ दशमलव ८ प्रतिशतले संकुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ । जापानी मन्त्रिपरिषद कार्यालयले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा त्रैमासिक अवधिमा ७।८ प्रतिशतले गिरावट आएको जनाएको छ…