४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

गण्डकी प्रदेशमा १७ जना सेनासहित थप २३ जनामा कोरोना संक्रमण

पोखरा । लमजुङमा खटिएका १७ सेनासहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो अपडेट अनुसार लमजुङमा सेनासहित २० जना, कास्कीमा दुई जना र पूर्वी नवलपरासीमा एक जना संक्रमित थपिएका छन् । लमजुङको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरिएको थियो…