६ आश्विन २०८१, आइतबार | September 22, 2024

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमित पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ । आजको पहिलो अद्यावधिक विवरण अनुसार गण्डकीमा ६ जिल्लाका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जनामा पोजेटिभ देखिएको हो । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।…