काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता समयानुकूल बनाउन गृह मन्त्रालयले एक समिति गठन गरेको छ । सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा गठन गरिएको समितिमा अर्थ मन्त्रालय र दुवै प्रहरीका प्रतिनिधि छन् । समितिले प्रहरीको रासनभत्ताबारे अध्ययन गरेर मन्त्रालयलाई सुझाब दिनेछ । अहिले अध्ययनको काम भइरहेको सहसचिव गौतमले बताए । नेपाल प्रहरी र सशस्त्रका कर्मचारीले पाँच वर्षअघिको दररेटअनुसार रासनभत्ता…