२८ कार्तिक २०८१, बुधबार | November 14, 2024

हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ : निवर्तमान पर्यटनमन्त्री भट्टराई

काठमाडौ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताएका छन् । विकसित राजनीतिक घटनाक्रमपछि आइतबार पदबाट राजीनामा दिएका भट्टराईले आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफ्नो १७ महिने कार्यकालमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको विषमावस्थामा पनि मन्त्रालयले…