भक्तपुर । कोरोना भाइरस संक्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम सुरु हुँदै गर्दा अंग्रेजी नयाँ वर्ष २०२१ ले आशा जगाएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटल आन्तरिक पर्यटकले भरिएका छन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७…