बागलुङ । ‘नवलपुर-ढोरपाटन’ प्रवर्द्धनात्मक भ्रमणमा निस्केको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको टोली शनिबार मध्याह्न पख सर्वसिद्धिधाम पञ्चकोट पुग्यो । टोलीका सदस्यमध्ये अधिकांशले पहिलोचोटि पञ्चकोटमा पाइला राख्दै थिए । महासंघ गण्डकी प्रदेशका सदस्य एवं गोरखाका पत्रकार राजेन्द्र न्यौपानेले पहिलो नजरमै पञ्चकोटले रोमाञ्चित तुल्याएको प्रतिक्रिया दिए । “बागलुङ घुम्न आउँदा छुटाउनै नहुने ठाउँ रहेछ”, उनले भने ।…