बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा शनिबार बुटवलमा (दुर्लभ नेगेटिभ) रक्तदाताहरुको भेला सम्पन्न भएको छ । संस्थाको अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०० जना दुर्लभ रक्तदाताहरुको उपस्थिति रहेको थिए । सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालको प्रमुख आतिथ्यता र बालरोग विशेषज्ञ डा.सन्तोष पोख्रेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको…