काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोसिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ। न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहिबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । ‘स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई…