काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल देशभरको मौसममा आंशिकदेखी सामान्य बदली रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली…