काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको उद्देश्यमध्ये एक हो, भाषा, साहित्यका विद्वान् एवं प्रतिभाहरूको सम्मान । तर, प्रतिष्ठानले संग्रहालय बनाउने नाममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ऐतिहासिक घर भत्काएको छ । महाकविको ‘सग्लो’ इतिहास नामेट पारेको भन्दै लेखक, साहित्यकारदेखि सम्पदा विज्ञसम्मले आलोचना गरिरहेका छन् । मैतीदेवी मन्दिरनजिकै शास्त्रीमार्ग टोलमा महाकवि देवकोटाको घर अर्थात् कविकुञ्ज थियो । कविकुञ्ज साहित्यको मन्दिर…