१० मंसिर २०८१, सोमबार | November 25, 2024

कर्णाली करिडोर : सेनाले समयमै बनायो सडक

काठमाडौं । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै सम्पन्न गरेको हो । कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म नेपाली सेनाले सडक निर्माणको कार्य सम्पन्न गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताए…