दैलेख (नौमुले) । नौमुले-३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन् । श्रीमान्को मायाका कारण उनले दुःखमा पनि खुसी देखेकी थिइन् । छोराछोरी ठूला भएपछि जीवन अझ बढी उल्लासमय हुन्छ भन्ने उनको सोचाइ थियो । तर, जीवन सोचे जस्तो कहाँ हुन्छ र…