म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ । अन्नपूर्ण-६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी “ट्रेल” (घोडा मार्ग) निर्माण भएको हो । गाउँपालिकाले पहिचान गरेको घोडेपानी-प्यारीबाराही ताल जोड्ने मार्गमा प्रदेश सरकारले चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेलासमेत बनाएको छ…