बुटवल । मंगलबार ४ः३० बजेबाट एक तर्फी रुपमा सुचारु भएको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड आज बिहानबाट पुनः अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत दोभानको नागमन्दिर, गौडेपुल, कालीमाटी, पैठेडाँडा, लामीडाँडा, पालेपिपल लगायतका स्थानमा पहिरो खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । सिद्धार्थ राजमार्गको गौडेपुल नजिकै असार अन्तिम सातादेखि खस्न सुरु…