बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै ठूलो पहिरो जाँदा सडक अवरुद्ध भएको छ । गएराति ठूलो पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिका–८ मा गौडेपुल नजिकै यसअघि गत बिहीबार पहिरो गएको थियो । सो पहिरोमा लु १ क ११७५ नम्बरको ट्रक फसोको थियो…