बुटवल । आज गुरुपूर्णिमा आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा भनिन्छ । गुरु पूर्णिमाको दिन आफूलाई शिक्षा, दिक्षा दिने गुरुको पूजा सम्मान गर्ने प्रचलन छ । यो पूर्णिमालाई वेदव्यास जयन्तीको रूपमा मनाउने पनि गरिन्छ । वैदिक सनातन धर्ममा वेदव्यासलाई गुरुको रूपमा सम्मान गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, महाभारत उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई…