१६ कार्तिक २०८१, शुक्रबार | November 2, 2024

भेरी अस्पतालमा अख्तियारको छापा, १६ लाख १३ हजार ९७५ रुपैयाँसहित कम्प्युटर अपरेटर पक्राउ

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जले भेरी अस्पताल बाँकेका एकजना कर्मचारीलाई पक्राउ गरेको छ । भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनालको साथबाट स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित अस्पतालबाट पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेले स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जानकारी…