कैलाली । धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो । ‘समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन’, नगरप्रमुख नृपबहादुर वडले भने, ‘सङ्क्रमितका परिवार र बढी जनसम्पर्कमा रहने व्यक्तिबाट नमूना छनौट गरी स्वाब सङ्कलन गरिने छ…