२१ कार्तिक २०८१, बुधबार | November 7, 2024

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि सेवा बन्द

प्युठान । प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए ।…