काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघलाई सुदृढ र सशक्त बनाउन सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व निभाउनु पर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७५ औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वरेकर्डेट भिडियो मार्फत सोमबार राति सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्ने बताएका…