२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आइतबार बेलुका ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेकपाले जनाएको छ । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफलका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।