२८ कार्तिक २०८१, बुधबार | November 13, 2024

कैलालीका टीकापुर र घोडाघोडी नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण

भजनी । कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जना होम आइसोलेसनमा छन् । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ ।…