काठमाडौं । टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो । नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीदेखि हालसम्म कोरोना नियन्त्रण, रोकथाम…