डाेटी । बन्दाबन्दीका कारण रोकिएको डोटीका सडक निर्माण कार्यले पुनः तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाको राजपुर-फलेडी, झिग्राना सडक, राजपुर-बुहार तथा सहजपुर-बोगटान सडकमा पुनः काम शुरु भएको हो । सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले राजपुर-बुहार सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ भने अन्य क्षेत्रका सडकमा डबल…