४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चिकित्सकमा कोरोना पोजेटिभ भेटिएपछि आम्दा मेची अस्पताल सिल

झापा । आम्दा मेची अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थितरुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेशनमा राखिएको छ । मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको सङ्क्रमण फेला परेको हो ।…