४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चारदिनदेखि भरतपुर महानगरमा फोहर उठेन

भरतपुर । भरतपुर महानगरपालिकाको फोहर फाल्न स्थानीयवासीले अवरोध गरेका छन् । नारायणी नदी किनारस्थित नगरवन क्षेत्रमा फोहर फाल्न भरतपुर-३ का स्थानीयवासीले अवरोध गरेका हुन् । उनीहरुको अवरोधपछि चार दिनदेखि फोहर उठ्न सकेको छैन । महानगरले नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ…