सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा चिङ्गाड गाउँपालिका-५, निवासी ७३ वर्षीय महिलाको मृत्यु भएको हो । उनको बुधबार राति साढे १० बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार…